नबिल बैंकको 'नबिल दसैँ धमाका अफर'
काठमाडौँ- दसैँको अवसरमा नबिल बैंकले ‘नबिल दसैँ धमाका अफर’ ल्याएको छ । यस अफर अन्तर्गत नबिल बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले बिग मार्ट, दराज र किरानामा कार्ड प्रयोग गरे बापत क्यासब्याक प्राप्त गर्ने बैंकले जनाएको छ ।
नबिल बैंकको यो अफर बमोजिम ग्राहकहरूले बिग मार्टमा १० प्रतिशत छुट वा अधिकतम ३ सयसम्म क्यासब्याक पाउन सक्नेछन । यो अफर घटस्थापनाको दिन लागू हुने बैंकले जनाएको छ । त्यस्तै किरानामा १५ प्रतिशत छुट वा अधिकतम १५ सयसम्म क्यासब्याक पाउन सक्नेछन ।
किराना पसलमा यो अफर अक्टोबर ४ देखि अक्टोबर ११ सम्म लागू हुने छ । दराजमा भने हरेक शुक्रबार १० प्रतिशत छुट वा अधिकत ५ सय रुपैयाँसम्म पाउन सक्नेछन् । यस अफरमार्फत नबिल बैंकले आफ्ना ग्राहकवर्गहरूमा दसैँको उपलक्ष्यमा नयाँ हर्ष ल्याउन खोजेको जनाएको छ ।
यस अफरको लाभ लिनको लागि नबिल बैंकको डेबिट अथवा क्रेडिट कार्ड बैंकको नजिकको शाखामा गई खाता खोलेर ग्राहक महानुभावहरूले डेबिट र क्रेडिट कार्डमार्फत क्यासब्याकको अफर लिन सक्ने बैंकले जारी गरेको विज्ञप्तीमा जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया