कर्पोरेट

मुक्तिनाथ विकास बैंकको ग्राहकलाई महेन्द्र नारायण निधि अस्पतालमा छुट

इकागज |
असोज २०, २०७८ बुधबार १४:२९ बजे

काठमाडौँ- मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूलाई थप सेवा दिन महेन्द्र नारायण निधि मेमोरियल अस्पतालसँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता गरेको छ।

सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूले बसुन्धारामा रहेको महेन्द्र नारायण निधि मेमोरियल अस्पतालमा बेड चार्ज, डाएग्नोस्टिक –इन हाउस, र्फामेसी, प्रक्रियामा १० प्रतिशतसम्म छुट पाउन सक्नेछन्।


बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।


Author

थप समाचार
x