कर्पोरेट

डिसहोम फाइबरनेट सेवा भरतपुर र गैडाकोटमा विस्तार

इकागज |
असोज २५, २०७८ सोमबार १५:२६ बजे

काठमाडौँ - नेपालभर पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र गैडाकोटमा पुगेको छ ।कम्पनीका बिक्रि प्रबन्धक मनोज शर्माका अनुसार डिशहोम फाइबरनेट काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, विरगंज ,धरान, जनकपूर, विर्तामोड, ढल्केबर, बनेपा, धुलिखेल, कलैया, लाहान ,भैरहवा पनौती, पोखरा र बिराटनगर  लगायत अन्य स्थानमा पुगिसकेको छ । उनका अनुसार यो सेवा चाँडै नेपालगञ्ज र धनगढीमा पनि पुग्दैछ । 

ग्राहकहरुले मासिक मात्र ८९९ मा नै १०० एमबिपिएस ईन्टरनेटको फाइभ जी ड्युल व्याण्ड राउटरको साथमा लिन सक्ने कम्पनीले जनाएको छ । डिसहोम फाईवरनेटले 'ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन' योजना संचालन गरेको छ । २०७८ असोज ११ गते देखि लागु भएको योजना अन्तर्गत डिसहोम फाईवरनेटको नयाँ कनेक्सन लिने ४ जना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न जान पाउने छन् । विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिने छ । 


लक्की ड्रको प्रत्यक्ष प्रशारण रमाईलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिसहोमको अन्य च्यानलहरुमा हुनेछ ।


Author

थप समाचार
x