कर्पोरेट

एनसेल चाडपर्व योजना: हरेक हप्ता २२ वटा स्मार्टफोन जित्न सकिने

इकागज |
असोज २५, २०७८ सोमबार १५:३६ बजे

काठमाडौँ- एनसेलका ग्राहकले यस उत्सवका बेलामा आफ्ना परिवारजन, साथी र आफन्तहरुले मलेसिया, यूनाइटेड अरब एमिरेट्स (यूएई) र साउदी अरबबाट गरेको कलमा कुरा गर्दा हरेक हप्ता २१ वटा स्मार्टफोन जित्ने मौका पाउनेछन्। एनसेल आजियाटा लिमिटेडले दसैं, तिहार र छठ पर्वको अवसरमा बिहीबारबाट लागू हुनेगरि यो योजना सञ्चालनमा ल्याएको हो।

यस योजनामा धेरै भन्दा धेरै आगमन कलमा कुरा गर्ने २१ जना ग्राहकले १,१ वटा गरि हरेक हप्ता २१ वटा स्मार्टफोन पाउनेछन्।


यस बाहेक, विदेशमा रहेका परिवारजन वा साथीबाट आफ्नो मोबाइलमा ब्यालेन्स रिचार्ज प्राप्त गर्ने ग्राहकले पनि हरेक हप्ता १ स्मार्टफोन पाउन सक्नेछन्।

यो योजना पाँच हप्ता अर्थात कात्तिक २४ गतेसम्म सञ्चालनमा रहने कम्पनीले बताएको छ। योजना अवधिमा ११० जना ग्राहकले स्मार्टफोन पाउनेछन्।

स्मार्टफोन जित्नका लागि योग्य हुन कम्तिमा ग्राहकले माथि उल्लेखित देशहरुबाट कम्तिमा २ मिनेट आगमन कलमा कुरा गरेको हुनुपर्छ।

ब्यालेन्स रिचार्ज अन्तर्गत स्मार्टफोन जित्न योग्य हुनका लागि भने ग्राहकले आफ्नो मोबाइलमा विदेशबाट ब्यालेन्स रिचार्ज प्राप्त गरेको हुनु पर्ने नियम छ।

प्रत्येक हप्ता ग्राहकले उठाएको आगमन कलको कुल संख्या, औषत कल समय र कुल कुराकानी गरेको मिनेटको आधारमा २१ जना स्मार्टफोन विजयी ग्राहकको नाम छानिने छ।

मलेसियाको डीजी, यू मोबाइल, सेलकम र माक्सिस, यूएईको एतिसलात र डू र साउदी अरबको जेन मोबाइल सेवा प्रदायकको सिम कार्ड प्रयोगकर्ताका नेपालमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त वा साथीले यो आकर्षक योजनाको लाभ लिन साथै स्मार्टफोन जित्ने एनसेलले जनाएको छ।

हरेक हप्ता ग्राहकले प्राप्त गरेको ब्यालेन्स रिचार्जको कुल संख्या र रकमका आधारमा १ जना ग्राहकले स्मार्टफोन पाउनेछन्।

यसैबीच विश्वका विभिन्न देशमा रहेका नेपालीहरु माझ चाडपर्वको शुभकामना आदानप्रदान गर्न शुक्रबार साँझ ५ बजे एनसेल फेसबुक लाइभमा भर्चुअल कन्सर्टको आयोजना हुने भएको छ। कार्यक्रममा गायक प्रकाश सपुत र गायिका सुनिता दुलालले आ-आफ्ना प्रस्तुती दिने एनसेल जनाएको छ।


Author

थप समाचार
x