कर्पोरेट

एनसेलको 'पेजी' डेटा प्रति एमबी एक रुपैयाँमा

इकागज |
असोज २५, २०७८ सोमबार १६:३६ बजे

काठमाडौँ - चाडपर्वको अवसरमा एनसेल आजियाटा लिमिटेडले विभिन्न योजना ल्याएको छ। एनसेलले पे एज यू गो (पेजी) डेटा शुल्कलाई घटाएर प्रति एमबी १ रूपैयाँ बनाएको छ जनाएको छ ।

 त्यस्तै एनसेलमा ५० वा सोभन्दा बढीको हरेक रिचार्जमा बोनस स्वरूप ब्यालेन्स वा डेटा पाउन सकिने भएको छ। दशैं, तिहार र छठका अवसरमा ल्याइएको पेजी अन्तर्गत १ रूपैयाँ प्रति एमबी अफर २० असोजबाट लागू भएको छ। त्यस्तै, रिचार्जमा बोनस योजना २३ असोजबाट लागू भएको छ । यो योजना ९० दिनसम्म लागू हुने एनसेलले जनाएको छ।
 



Author

थप समाचार
x