कर्पोरेट

खुसिबुमा नयाँ शाखासँगै ग्लोबल बैंकको शाखा संख्या २८१ पुग्यो

इकागज |
कात्तिक २, २०७८ मंगलबार ६:३२ बजे

काठमाडौँ– ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका –१७, खुसिबुमा २०७८ कार्तिक १ देखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा संख्या २८१ पुगेको बैंकले जनाएको छ । 

यसैगरि बैंकले कार्तिक १ देखि नै मोरङ जिल्ला सुनबर्षी नगरपालिका –२, अमरदहमा नयाँ एक्सटेन्सन काउन्टर पनि सञ्चालनमा ल्याएको उल्लेख गरेको छ । नयाँ एक्सटेन्सन काउन्टरको सुरुवातसँगै बैंकको एक्सटेन्सन काउन्टर संख्या (राजश्व संकलन काउन्टर सहित) ४८ पुगेको बताइएको छ । अमरदह एक्सटेन्सन काउन्टर डाँगीहाट शाखाअन्तर्गत रहने जनाइएको छ ।


ग्लोबल बैंकले देशभर २६ लाख भन्दा बढी ग्राहकहरूलाई सेवा दिदैं आएको छ ।  बैंकले ७६ जिल्लामा २८१ शखाका अतिरिक्त २५१ एटीएम, २६० शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८४० भन्दा बढि सेवा केन्द्रमार्फत् सेवा दिँदै आएको छ । 

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ । 


Author

थप समाचार
x