ओप्पोको 'कलर ओएस १२' सार्वजनिक
काठमाडौँ- ओप्पोले आफ्ना विश्वभरका प्रयोगकर्ताका लागि नयाँ कलर ओएस १२ प्रणालीको आधिकारिक घोषणा गरेको छ। प्रयोकर्तालाई स्टक एण्ड्रोइड १२ को जस्तै अभूतपूर्व अनुभव प्रदान गर्ने सोचका साथ कलर ओएस १२मा समावेशी यूआई, सटिक पर्फमेन्स, दैनिक कार्य सम्पादन क्षमतामा वृद्धिका साथै काम दैनिकी सन्तुलनमा सघाउने फिचर्सहरू पनि समावेश गरिएको कम्पनीले जनाएको छ।
सार्वजनिक गरिएसँगै ओप्पोले कलर ओएस १२ पब्लिक बिटा आफ्ना वैश्विक प्रयोगकर्ताका लागि उपलब्ध गराएको छ। यससँगै ओपो, एण्ड्रोइड १२ प्रयोगमा ल्याउने पहिलो मध्यका ओईएमहरूमध्ये एक बनेको कम्पनीको दाबी छ।
पहिलो चरणमा इन्डोनेसिया, थाईल्यान्ड र मलेसियामा फाइन्ड एक्सथ्री प्रोमार्फत् उपलब्ध गराइने यस प्रणालीलाई क्रमबद्धरूपमा अन्य देश तथा क्षेत्रमा आउँदा महिनाहरूमा उपलब्ध गराउँदै लैजाने ओप्पोको योजना रहेको छ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया