कर्पोरेट

मुक्तिनाथ विकास बैंक ‘ग्लोबल एसएमई अवार्ड’ बाट सम्मानित

इकागज |
कात्तिक ६, २०७८ शनिवार १३:१९ बजे

काठमाडौँ- मुक्तिनाथ विकास बैंक ‘ग्लोबल एसएमई अवार्ड’ बाट सम्मानित भएको छ । विश्व बैंक समूहको अन्तराष्ट्रिय वित्त निगम तथा एसएमई फाइनान्स फोरमले आयोजना गरेको र जी–ट्वान्टिज ग्लोबल पार्टनरशिप फर फाइनान्सियल इन्क्युलसनबाट समर्थित ‘ग्लोबल एसएमई अवार्ड २०२१’ द्वारा बैंक सम्मानित भएको हो ।

साना तथा लघुवित्त क्षेत्रमा बैंकले पुर्‍याएको योगदानको कदर गर्दै सम्मानित गरिएको हो ।  यस सम्मानले भविष्यमा  साना तथा लघुवित्त क्षेत्रमा थप योगदान गर्नको लागि उत्साहित बनाएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


सो कार्यक्रममा साना तथा लघुवित्त क्षेत्रमा काम गरिरहेका विश्वभरीका विभिन्न संघसंस्थाहरु प्रतिस्पर्धामा सहभागी भएका थिए ।


Author

थप समाचार
x