सनराइज बैंकका ग्राहकले केएफसी र पिज्जा हटमा विशेष छुट
काठमाडौँ- सनराइज बैंकका ग्राहकले केएफसी र पिज्जा हटमा छुट पाउने भएका छन् । बैंकले यसका लागि देवयानी इन्टरनेशनल नेपालसँग सम्झौता गरी ग्राहकहरूलाई विशेष छुट दिएको बैंकले जनाएको छ ।
ग्राहकहरूलाई विशेष छुट दिने सम्झौतापत्रमा बैंकका नायब महाप्रबन्धक रबिन नेपाल र देवयानी इन्टरनेशनलका नायब महाप्रबन्धक रितुराज शाहबीच हस्ताक्षर भएको छ । सम्झौता पश्चात बैंकका ग्राहकहरुले केएफसी र पिज्जा हटमा बेबरेज र फूडमा ५ प्रतिशत छुट पाउनेछन् । बैंकले 'स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौँ' अभियान अनुरुप आफ्ना ग्राहकहरूलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान प्रोत्साहन गर्दै आएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया