कर्पोरेट

सानिमा बैंककाे शाखा अब चपली र बालकोटमा पनि

इकागज |
कात्तिक ६, २०७८ शनिबार १४:४१ बजे

काठमाडौँ- सानिमा बैंक लिमिटेडले कार्तिक ४ गते काठमाडौँको चपली र भक्तपुरको बालकोटमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ।

चपली कार्यालयको उद्घाटन बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ र बुढानिलकण्ठ नगरपालिका वडा नं ७ का अध्यक्ष बसबहादुर महर्जनले संयुक्त रुपमा गरेका छन्।


उक्त अवसरमा बैंकका अध्यक्ष श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले बै‌कका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरेका थिए।

त्यस्तै भक्तपुरको बालकोट कार्यालयको उद्घाटन सूर्यविनायक नगरपालिकाकी उपमेयर जूना बस्नेत र सूर्यविनायक नगरपालिका वडा नं। २ का अध्यक्ष कमलनाथ आचार्यले संयुक्त रुपमा गरेका थिए। बैंकको देशका सातै प्रदेशमा ११६ कार्यालय र ९७ वटा एटीएम सञ्चालनमा रहेका छन्।


Author

थप समाचार
x