कर्पोरेट

मुक्तिनाथ बैंकले ल्यायो दुर्घटना बीमा बचत खाता

इकागज |
कात्तिक ७, २०७८ आइतबार १६:१४ बजे

काठमाडौँ- मुक्तिनाथ विकास बैंकले निक्षेपकर्ताहरुलाई 'मुक्तिनाथ उत्कृष्ट बचत खाता' सञ्चालनमा ल्याएको छ । यस खातामा  १० लाखको दुर्घटना मृत्यु तथा अशक्तता बिमा सुविधा रहेको बैंकले जनाएको छ । ग्राहकहरुले १० हजारको न्यूनतम मौजदातमा मुक्तिनाथ बैंकको उत्कृष्ट बचत खाता खोल्न सक्ने जनाएको छ । उक्त बचत खातामा बैंकले वार्षिक ५.५० प्रतिशत ब्याजदरको दरले मासिक ब्याज भुक्तानी प्रदान गर्नेछ ।

पहिलो वर्षको लागि नि:शुल्क भिसा डेबिट कार्ड र हरेक वर्ष नि:शुल्क मोबाईल बैंकिङ्ग तथा नि:शुल्क इन्टरनेट बैंकिङ्ग को सेवा समेत प्रदान गर्नेछ ।



Author

थप समाचार
x