प्रोटोनले ल्यायो ०.९९ प्रतिशत विशेष योजना
काठमाडौँ- प्रोटोनले आफ्ना ग्राहकका लागि ‘विशेष ०.९९ प्रतिशत’ योजना ल्याएको छ । योजना अन्तर्गत विशेष ०.९९ प्रतिशत ब्याजदर योजनाका साथै अन्य थुप्रै ब्याजदरको विकल्प समेत यस योजनामा समावेश गरिएको कम्पनीले जनाएको छ । गत असोज २४ गतेदेखि शुरु भएको यो योजना चाडपर्वको मौसम रहुन्जेलसम्म निरन्तर रहनेछ।
नेपालमा बैंकको ब्याजदरमा तलमाथि भइरहेको अवस्थामा पनि यस योजना अन्तर्गत ग्राहकले प्रोटोनको सागा र एक्स ७० मात्र ०.९९ प्रतिशत ब्याजदरमा फाइनेन्सिङ गरेर खरिद गर्न सक्नेछन् । कागजपत्र पुरा भएमा ४८ घण्टामै ग्राहकहरुले आफूले रोजेको प्रोटोन गाडी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यस प्रोटोन ‘विशेष’ योजना बाहेक ग्राहकहरुले अन्य आकर्षक २.९९ प्रतिशत, ५.९९ प्रतिशत, ८.९९ प्रतिशत र ११ प्रतिशत ब्याजदरमा पनि फाइनेन्सिङ्गको योजनाहरु पाउन सक्नेछन् । जस अन्तर्गत ब्याज अनुसारको किस्ताबन्दीको सुविधा पनि रहेको छ । यी योजनाहरु सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले बताएको छ । किस्ताबन्दीमा सवारी खरिद गर्नका लागि शंकर ग्रुप अन्तर्गतको जगदम्बा क्रेडिट एण्ड इन्भेस्टमेन्ट प्रालिले इन हाउस फाइनेन्सिङको सुविधा प्रदान गर्दै आइरहेको छ।
कम्पनीका अनुसार विशेष ०.९९ प्रतिशत अफर समायोजन नगरी प्रोटोन सागाको सुरुवाती मूल्य ३७ लाख ९९ हजार राखिएको छ । प्रोटोन एक्स ७० को सुरुवाती मूल्य ८६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यस योजना प्रोटोनका काठमाडौं, पोखरा र बुटवलमा रहेका शो रुममा लागू हुने कम्पनीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया