कर्पोरेट

फ्रन्टलाइन हिरोहरूलाई कोका-कोलाको सम्मान

इकागज |
कात्तिक ११, २०७८ बिहीबार १३:४७ बजे

काठमाडौँ- ‘धन्यवाद’ थिमको दसैँ अभियानको एक हिस्साको रूपमा कोका–कोलाले कोभिड-१९ को समयमा खटिएका स्वास्थ्य सेवा क्षेत्र र गैरसरकारी संस्था सम्मान गरेको छ ।

कोका-कोलाले पाटन अस्पताल र वीर अस्पताल तथा कोभिड-१९ अस्पतालहरू र विभिन्न गैरसरकारी संस्थाहरू आरएनए-१६, अभ्नी भेन्चर, डोको रिसाइक्लर्स, ब्लु वेस्ट २ भ्यालु र सानो पाइलामालाई सम्मान गरेको जनाएको छ ।


कोका-कोलाले अग्रपंक्तिका नायकलाई ‘धन्यवाद’ उपहार बक्सलाई बाँड्दै आइरहेको छ । जसमा व्यक्तिगत कोकको बोतलका साथै कोका-कोलाको कन्टुर ग्लास समावेश रहेको जनाएको छ ।

कोका-कोलाका ब्रान्ड एम्बेसेडर स्वस्तिमा खड्काले वीर अस्पतालमा भएको कार्यक्रममा स्वास्थ्य सेवाका अग्रपंक्तिमा कार्यरत कर्मचारीहरूप्रति कृतज्ञता व्यक्त गरेकी थिइन्।

वीर अस्पतालका प्राध्यापक डा भूपेन्द्रकुमार बस्नेतले कोभिड-१९ को दोस्रो लहरको समयमा दैनिक ३ सय ५० कोभिड बिरामीलाई सेवा प्रदान गरेको र जसमा हाम्रा नर्स, क्लिनर, वार्ड टिम र डाक्टरहरू सबै निडर भएर काम गरेको बताए । महामारीको अग्रपंक्तिमा रहेका कामदारहरूप्रति कृतज्ञता बाँड्ने कोका–कोलाको धन्यवाद अभियानले हामीलाई धेरै सम्मानित महसुस गराएको बताए ।

अभियानको बारेमा बोल्दै बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले विगत डेढ वर्ष हाम्रो लागि कठिन रहेको बताए । उनले भने, 'हाम्रो फ्रन्टलाइन कामदारको मद्दतले गर्दा हामीले सम्भव नहुने चुनौतीहरू पनि पार गर्दै आयाैं जसले हामीलाई बलियो बनाएकाे छ ।' 


Author

थप समाचार
x