शुक्रराज अस्पताललाई नेपाल बंगलादेश बैंकको सहयोग
काठमाडौँ- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुलाई नेपाल बङ्गलादेश बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ९० भायल रेम्डिसिभिर औषधी सहयोग गरेको छ । उक्त परिमाण औषधी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानाले शुक्रराज अस्पतालका निर्देशक डा. अनुप बास्तोलालाई हस्तान्तरण गरेका हुन् ।
बैंकले कोभिड-१९ संक्रमण जोखिम उच्च रहेका बेला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले गरेको कामको सराहना गर्दै औषधि सहयोग गरेको जानकारी दिएको छ । यसअघि बैंकले आफ्नो बङ्गलादेश स्थित साझेदार बैंक आइसीएफसीसँग मिलेर आर्थिक वर्ष २०७६/७७ मा ५ हजार भायल तथा २०७८/७८ मा पनि ५ हजार भायल रेम्डेसिभिर नेपाल सरकारलाई सहयोग स्वरूप प्रदान गरेको जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया