गजुरीमा नबिल बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौँ- नबिल बैंक लिमिटेडले धादिङको गजुरीमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले गजुरी गाँउपालिकासँग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी समेत गरेको जनाएको छ ।
बैंकका सञ्चालक आशा राणा अधिकारीको उपस्थितिमा गजुरी गाउँपालिकामा आयोजित एक कार्यक्रमबिच नबिल बैंकको तर्फबाट प्रमुख व्यापार अधिकृत गणेशप्रसाद अवस्थी र गाउँपालिकाका तर्फबाट अध्यक्ष राजेन्द्र बिक्र्रम बस्नेतले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरे ।
उक्त साझेदारी मार्फत स्थानीय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई उद्यमका लागि गाँउपालिकाको सिफारीसमा बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम तालिमहरुमा वित्तीय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको बैंकले जनाएको छ ।
उक्त कार्यक्रममा बोल्दै बैंक संचालक अधिकारीले यस सम्झौताले गजुरी गाउँपालिकामा रोजगारी सृजना र उद्यमशीलता विकास गरी सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताए ।
त्यस्तै गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले नबिल बैंकको दिगो बैंकिङले निम्न वर्गिय किसान तथा उद्यमीलाई बलियो बनाउने धारणा ब्यक्त गरे । गाउँपालिका उपाध्यक्ष सिता ढुंगानाले वित्तीय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम ल्याएकोमा नबिल बैंकलाई धन्यवाद दिदै वित्तीय पहुँचलाई महिला तथा विपन्न वर्ग लक्षित बनाउनु पर्ने र त्यसका लागि गाउँपालिकामा सधै सहयोग रहने समेत बताए । बैंकले गत असार १५ गते धान दिवशको दिन नबिल दिगो बैंकिङको सुरुवात गरेको हो
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया