कर्पोरेट

नेपालमा आयो चेरी टिग्गो ४ प्रो एस यू भि

इकागज |
कात्तिक १४, २०७८ आइतबार १३:३१ बजे

काठमाडौँ- शारदा ग्रुप अन्तर्गतको कम्पनी एस.पी.जी अटोमोबाइल्स प्रा.लि. नेपालमा चेरी अटोमोबाइल्स् कम्पनी लिमिटेडको आधिकारिक वितरकको रुपमा नियुक्त भएको छ । एस.पी.जी. अटोमोबाइल्सले नेपाली बजारमा चेरी टिग्गो ४ प्रो एस यूभी लन्च गरेको छ ।

एस.पी.जी. अटोमोबाइल्सका अनुसार चेरी टिग्गो ४ प्रो एस यूभी तीन भेरियन्टमा उपलब्ध छ जसमा एउटा १.५ लि‍‌‌। नेच्युरल्ली एस्पिरेटेड म्यानुअल ट्रान्समिसन रहेको छ । यसको मूल्य ४६ लाख २० हजार रुपैयाँ रहेको छ ।


अर्को १.५ लि। नेच्यूरल्ली एस्पिरेटेड सिभिटि छ जसको मूल्य ५२ लाख ५० हजार रुपैयाँ छ । अर्को १.५ लि। टर्बो चाज्र्ड ९ स्पिड गिएर बक्स सीभीटी इन्जिन छ । यसको मूल्य ५८ लाख ४० हजार रुपैयाँ छ ।  नेच्युरल्ली एस्पिरेटेड इन्जिनले अधिकतम पावर ८५ किलो वाट ९११५ पि.एस. र १३८ एन.एम. को अधिकतम टर्क उत्पादन गर्दछ ।

यस्तै, १.५ लि. टर्बो चार्जड सीभीटी इन्जिनले अधिकतम पावर ११५ किलो वाट ९१४७ पि.एस. तथा अधिकतम पावर २१० एन. एम को अधिकतम टर्क उत्पादन गर्छ । टिग्गो ४ प्रो को प्रमाणित माइलेज १४.७ कि.मि. प्रति लिटर रहेको छ ।

चेरी अटोमोबाइल कम्पनी लिमिटेडको स्थापना १९९७ मा भएको हो । यो चीनमा अवस्थित ग्लोबलाइज अटोमोबाइल ब्राण्ड हो ।

विगत २० वर्षमा, चेरीले पाँच वटा विश्वव्यापी अनुसन्धान र विकास आधारहरू मार्फत ५ हजार ५ सय भन्दा बढी व्यक्तिहरू अनुसन्धान र विकास टोली स्थापना गरिसकेको जनाएको छ ।


Author

थप समाचार
x