कर्पोरेट

सानिमा बैंकको १७औं साधारण सभा सम्पन्न

इकागज |
कात्तिक १६, २०७८ मंगलबार १५:५७ बजे

काठमाडौँ- सानिमा बैंक लिमिटेडको १७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । आइतबार सम्पन्न साधारण सभालमा सञ्चालक समितिले प्रस्ताव गरेअनुसार हालको चुक्ता पुँजीको १७ प्रतिशत बोनस शेयर र ०.८९४७ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।

संस्थापक समूहको तर्फबाट सञ्चालक समितिमा तुकप्रसाद पौडेल, श्रीमती गायत्री थापा र डा. केशव प्रसाद आचार्य सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । सञ्चालक समितिमा पौडेल र थापा पुनःनिर्वाचित भएका हुन् । बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठको अध्यक्षतामा साधरण सभा सम्पन्न भएको हो ।


आर्थिक वर्ष २०७७/७८ मा रु. २.३२ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रू. १६०.७५ अर्ब, कुल निक्षेप रू. १३०.८८ अर्ब तथा खुद कर्जा सापटी रू १२३.१७ अर्ब रहेको बैंकले जनाएको छ । बैंकका अनुसार आर्थिक वर्ष २०७६/७७ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः १८.८८, ३१.४५ र २७.२६ प्रतिशतले वृद्धि गरेको छ ।

बैंकको वित्तीय परिसूचक (२०७८ असार मसान्तसम्म)

निष्क्रिय कर्जा

 ०.१२ प्रतिशत

पुँजीकोष

 १३.५७ प्रतिशत

तरलता

 २२.१५ प्रतिशत

कर्जा निक्षेप अनुपात (मासिक औसत)

 ८२.३१ प्रतिशत

 

 


Author

थप समाचार
x