कर्पोरेट

नबिल बैंकलाई 'ग्लोबल एसएमई फाइनान्स' अवार्ड

इकागज |
कात्तिक १८, २०७८ बिहीबार १३:१३ बजे

काठमाडौँ– नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड–२०२१’ मा ‘एसएमई फाइनान्सर अफ द इयर– एसिया’ अन्तर्गत विशिष्ट सम्मानबाट सम्मानित भएको छ । नबिल बैंक विश्व बैंकको सदस्य अन्तर्राष्ट्रिय वित्त संस्था (आईएफसी) र एसएमई फाइनान्स फोरमद्वारा आयोजित र वित्तीय समावेसीकरणको लागि जी२० को ग्लोबल साझेदारी (जीपीएफआई) द्वारा अनुमोदित, ग्लोबल एसएमई फाइनान्स पुरस्कारबाट सम्मानित भएको हो । आईएफसी र एसएमई फाइनान्स फोरमले नबिल बैंकलाई विगतको आर्थिक वर्षमा एसएमई क्षेत्रमा हासिल गरेको प्रगतिलाई पहिचान गरी सम्मान दिएको बताइएको छ । 

एसएमईहरु अर्थतन्त्रको मेरुदण्ड हो । हाल कोभिड–१९ को महामारीबाट राष्ट्रिय अर्थतन्त्र प्रभावित भइरहेको अवस्थामा नबिल बैंकले रणनीतिक रुपमा एसएमई क्षेत्रको उत्थानमा ध्यान केन्द्रित गर्दै सक्रियतापूर्वक आफ्नो व्यावसाय प्रक्रियालाई नविनतम निति, तथा प्रकृया मार्˚त एसएमई क्षेत्रलाई सरल, सहज र चुस्त रुपमा कर्जा उपलब्द गराउदै आएकोले यो सम्मान प्राप्त गरेको उल्लेख गरेको छ ।


यस उपलब्धिबाट बैंक सम्मानित भएसँगै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहले नबिल बैंकले कोभिड–१९ का कारण कठिनाईहरु सामना गरिरहेका एमएमई क्षेत्रलाई वित्तीय पहुँच पुर्याउन प्राथमिकताका साथ काम गरिरहेको बताए । 

यस सम्बन्धमा एसएमई फाइनान्स फोरमका सीईओ म्याथ्यू गेमसेरले हरेक वर्ष धेरै प्रभावशाली संस्थाहरुले एसएमईलाई वित्तीय पहुँच पु¥याउन अविश्वनीय काम गरेको, नविनतम् प्रविधि तथा प्रयोग तथा नौलो तरिकाबाट ग्राहकलाई पहिलो प्राथमिकतामा राखेर लाभदायक र सुनिश्चित वित्तीय सेवा प्रदान गरेको उल्लेख गरेका छन् । सन् २०२१ को प्रतिस्पर्धाले विगतको जस्तै बृहत उपलब्धि र क्षमतामा वृद्धि भएको उनको भनाइ छ । 

गत महिना पनि नबिल बैकलाई एसियाली विकास बैंक (एडीबी)ले सन् २०२१ को लागि नेपालको अग्रणी साझेदार बैंकको रुपमा मान्यता दिएको थियो । त्यस्तैगरी, नबिल बैंकले सफलता पूर्वक युरोमोनीद्वारा लगातार २ वर्षसम्म ‘नेपालकँे बेस्ट बैंक’ अवार्ड प्राप्त गरिसकेको छ । 

सन् १९८४ मा तत्तकालीन नेपाल–अरब बैंकको रूपमा नेपाल प्रवेश गरेको बैंकमा सेयर स्वामित्व परिवर्तनपछि नबिल बैंक नामाकरण भएको थियो । नबिल बैंकको १३५ शाखा, १८८ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरू रहेका छन् । नबिल नेपाली बैंकिङ्ग क्षेत्रको आधुनिकीकरणमा पायोनियर मानिन्छ । 


Author

थप समाचार
x