मङ्गलम पाइप्सद्वारा नेपाल प्रहरीका प्लम्बर टेक्निसियनलाई तालिम प्रदान
काठमाडौँ- यूके एडको सहयोगमा यूएनओपिएस र प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालय नक्सालद्वारा 'ट्रेनिंग फर प्लम्बर टेक्निसियन' तालिम कार्यक्रम सञ्चालन गरिएको छ। विगत केहि हप्ता देखि प्रहरी प्रधान कार्यालय नक्सालमा सञ्चालन हुँदै आइरहेको कार्यक्रममा राम्रा र गुणस्तरीय नेपाली ब्राण्डहरुलाई तालिम प्रदान गर्न गरिएको निमन्त्रणालाई स्वीकार गर्दै मङ्गलम पाइप्सले तालिम प्रदान गरेको हो।
सो ट्रेनिंगमा मङ्गलम पाइप्सले आफ्नो उत्पादनहरुको विषयमा जानकारी तथा प्लम्बरहरुलाई प्लम्बिङ्ग गर्दा आउने समस्याहरु, सामान रोज्दा ध्यान दिनुपर्ने कुरा , प्रेसर टेस्टिंगको आवश्यकता र त्यसको उपयोग गर्ने सहि तरिका लगायत सफल प्लम्बर हुनको लागि चाहिने महत्वपूर्ण कुराहरुको विषयमा जानकारी प्रदान गरेको थियो। कार्यक्रममा मङ्गलम पाइप्सको तर्फबाट मनोहर पौडेलले मङ्गलमको उत्पादन र प्लम्बिङ्ग सम्बन्धि जानकारी दिए ।
तालिम सञ्चालक समितिका को-अर्डिनेटर र सदस्य साथै भौतिक परियोजना प्रहरी कार्यालयको अन्तगर्त प्रशासनिक कार्यमा कार्यरत रहेका पुरुषोत्तम माझीले भने, 'प्रहरीमा आबद्ध भई जागिर गरि रहनु भएको टेक्निसियनहरुको सिप तथा ज्ञानको वृद्धि विकासलाई मध्यनजर गरेर यो कार्यक्रम आयोजना गरिएको हो । यस्तो तालिमको पहिलो पटक आयोजना गरिएको हो र यो सफल भएको छ ।'
मङ्गलम इन्डस्ट्रिज प्राइभेट लिमिटेड नेपालको पहिलो पाइप र फिटिंग्स् उत्पादक तथा नेपालको पोलीमर पाइपिंग प्रणालीका अग्रणी उत्पादक र निर्यात कर्ता हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया