दराज ११.११ मा नबिल बैंकको क्यासब्याक अफर
काठमाडौँ- नबिल बैंकले दराज अनलाइनको ११.११ मेगासेल अवसरमा ग्राहकहरूका लागि क्यासब्याक अफर ल्याएको छ । दराजसँगको साझेदारीमा कात्तिक २५ गतेदेखि मंसिर ३ गतेसम्म ग्राहकहरूले डेबिट कार्डमार्फत १५ प्रतिशत छुट वा अधिकतम तीन हजार रुपैयाँ क्यासब्याक र क्रेडिट कार्डमार्फत समान छुट वा अधिकतम तीन हजार ५ सय रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्ने नबिल बैंकले जानकारी दिएको हो ।
दराज ११.११ मेगासेल हुन केही दिनमात्र रहेकोले नबिल बैंकको नजिकको शाखामा गई खाता खोली ग्राहकहरूले डेबिट र क्रेडिट कार्डमार्फत क्यासब्याक अफरको लाभ लिन सक्ने बैंकले जनाएको छ ।
सन् १९८४ मा स्थापित यस बैंकले हाल १ सय ३५ शाखा, १८५ एटिएम र १,५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको छ । बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ । यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टि एवम आधुनिक बैंकिङ्ग युगको सुरुवात गर्ने तर्फ केन्द्रित रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया