कर्पोरेट

छालाका जुत्ता चप्पल मेला काठमाडौंमा सुरु

इकागज |
कात्तिक २६, २०७८ शुक्रवार २१:७ बजे

काठमाडौँ – फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियसन अफ नेपालको आयोजनामा छालाका जुत्ता चप्पलको व्यापारिक प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले व्यापारिक प्रदर्शनीको उद्घाटन गरे । प्रदर्शनीको उद्घाटन गर्दै उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले कोभिडको कहरबाट अर्थतन्त्र भर्खरै पूर्ववत् अवस्थामा फर्कंदै गर्दा बैंक तथा वित्तिय संस्थामा देखिएको तरलतालको अभावले अर्थतन्त्र पुनः डामाडोल हुने हो की भन्ने आशंका रहेको बताए ।


यो समस्याको समाधानको उपाय समयमा खोज्न नसके उठ्न थालेका उद्योग कहिले पनि उठ्न नसक्ने गरी ढल्ने खतरा रहेको उल्लेख गरे । उनले हाल बैकिङ क्षेत्रमा देखिएको तरलताको समस्या समाधान गर्न सरकारलाई अनुरोधसमेत गरे ।

एशोसियसनले वर्षको दुई पटक काठमाडौंमा र हरेक प्रदेशमा वर्षमा एक पटक व्यापारिक मेला आयोजना गर्दै आएको छ । एशोसियसनले गत वर्षको माघ र फागुनमा पनि मेला आयोजना गरेको थियो । तर, हरेक वर्ष गर्दै आएको राष्ट्रिय औद्योगिक प्रदर्शनी भने गएका दुई वर्ष कोभिडका कारण स्थगित गरेको थियो । जुत्ता उद्योगी स्वयम्ले नै स्टल राखेका कारण प्रदर्शनीमा बजारमाभन्दा सस्तोदरमा जुत्ता चप्पल पाइने आयोजकको दाबी छ ।


Author

थप समाचार
x