कर्पोरेट

एनएमबि बैंकमा घरबाटै पाँच मिनेमै खाता

इकागज |
कात्तिक २९, २०७८ सोमबार ११:८ बजे

काठमाडौँ- एनएमबि बैंकले भिडियो कलमा आधारित ५ मिनेटमै देश वा विदेशमै रही खाता खोल्न सकिने योजना भिडियो केवाईसी ल्याएको छ । नेपाली बैंकिङ जगतमै सुरुदेखि अन्त्यसम्मको पूर्ण डिजिटल रूपमा खाता खोल्ने प्रक्रिया सुरु गर्ने एनएमबि पहिलो बैंक भएको पनि बैंकले जनाएको छ ।

एनएमबिमा भिडियो कलमार्फत अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा/अपडेट गर्न सक्ने जनाइएको छ । बैंकले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यो सेवा सञ्चालनमा ल्याएको घोषणा गरेको हो । यो सेवा मार्फत अब ग्राहकहरूले एनएमबिमा भिडियो कल मार्फत अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूराअपडेट गर्न सक्दछन् । साथै बैंकले ब्रान्ड एम्बेसडरमा अभिनेता पल शाह नियुक्त गरेको छ ।



Author

थप समाचार
x