नबिलले ल्यायो प्रिमियम रेमिट्यान्स सेभिङ अकाउन्ट
काठमाडौँ - नबिल बैंक लिमिटेडले नबिल प्रिमियम रेमिट्यान्स सेभिङ अकाउन्ट सञ्चालनमा ल्याएको छ । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई मध्यनजर गर्दै व्यक्तिगत बचत खाताअन्तर्गत बैंकले याे सेवा सञ्चालनमा ल्याएकाे हाे ।
बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम निक्षेपमा राखी बचत खाता खोल्न सकिनेछ । ग्राहकहरूले यो खाता शून्य मौज्दातमा खोल्न सक्नेछन् । नबिल प्रिमियम रेमिट्यान्स सेभिङ अकाउन्टमा बैंकले व्यक्तिगत बचत निक्षेपको प्रकाशित ब्याजदरमध्येको उच्च व्याजदर प्रदान गर्नेछ । सन् १९८४ मा स्थापित यस बैंकले हाल १ सय ३५ शाखा, १ सय ८९ एटिएम र १ हजार ५ सयभन्दा बढी नबिल रेमिट एजेन्टमार्फत ग्राहक सेवा दिँदै आएकाे छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया