कर्पोरेट

स्याङ्जा र बाग्लुङमा महिन्द्राको सव​-डिलर

इकागज |
मंसिर ११, २०७८ शनिबार १५:४० बजे

काठमाडौँ- महिन्द्राको सव​–डिलर स्याङ्जा र बाग्लुङमा पनि खुलेको छ । महिन्द्रा फोरव्हीलरको नेपालका लागि अधिकृत विक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटो वर्कशले स्याङ्जा र बाग्लुङमा पनि महिन्द्राको सव​-डिलर खोलेको हो ।

उघोग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष रविन्द्रमान श्रेष्ठले बाग्लुङको ऊँ नम: शिवाय सर्भिसिङ सेन्टरको उद्घाटन गरेका थिए भने स्याङ्जाको श्रेष्ठ मोटो पार्टस​को उद्घाटन बाग्लुङ नगरपालिकाका प्रशासकीय अधिकृत तुलबहादुर विकले गरेका थिए ।


आर्थिक समृद्धिका लागि व्यवसाय भन्ने मूल उद्देश्यका साथ सुचारू गरिएको यस सव-डिलरबाट स्याङ्जा बाग्लुङ आसपासका जिल्लाका अत्यधिक ग्राहकहरूले गुणस्तरीय ​सेवा सुविधा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

'नेटवर्क विस्तार गर्ने तथा धेरैभन्दा धेरै सेवाग्राहीहरूमाझ उत्कृष्ट र सहज सेवाको पहुँच बढाउने हाम्रो योजनाका लागि यस सव–डिलरहरूको संचालनले थप टेवा पुर्‍याउने अपेक्षा गरेका छौं”, बालाजु अटो वर्कश प्रा. लि. का लागि प्रदेश ४ का व्यबस्थापक सन्तोष सुवेदीले बताए ।  


Author

थप समाचार
x