कर्पोरेट

‘गार्डेन मार्ट’ को १४ औं शाखा नेपालगञ्जमा

इकागज |
मंसिर ११, २०७८ शनिबार १७:३० बजे

काठमाडौँ - बाँकेको नेपालगञ्जमा ‘गार्डेन मार्ट’को १४ औं शाखा सञ्चालनमा आएको छ । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले आफना सदस्य र स्थानीय उपभोक्तालाई सर्वसुलभ रुपमा दैनिक उपभोग्यबस्तु उपलब्ध गराउन यो मार्ट सञ्चालनमा ल्याएको हो ।

पश्चिम नेपालको व्यवसायीक हवका रुपमा रहेको नेपालगञ्जमा शिवशिखर सहकारीले आफ्नै भवन किनेर यो मार्ट सञ्चालनमा ल्याएको संस्थाका अध्यक्ष केदारनाथ शर्माले बताए । अध्यक्ष शर्माका अनुसार हाल २ सय ८० जनाले यहाँ प्रत्यक्ष रुपमा रोजगारी पाइरहेका छन् । यो वर्ष लक्ष्य अनुसार शाखा विस्तार भएको खण्डमा झण्डै १२ सयले प्रत्यक्ष रुपमा रोजगारी पाउने अध्यक्ष शर्मा बताउँछन्।


‘मोफसलका ग्राहकलाई समेत एउटै छानामूनी आधुनिक किनमेलको अनुभव दिलाउने उदेश्यले मार्ट सञ्चालनमा ल्याएका हौँ, अध्यक्ष शर्माले भने-हाम्रो मार्टमा उपभोक्ताले बाहिरका पसलहरुमा जसरी बार्गेनिङ गरिरहनुपर्दैन ।’

मार्टमा विभिन्न ब्राण्डका चामल, दाल, चिनि, चियापत्ति, चकलेट, घ्यू, मह, जुस लगायतका दैनिक उपभोग्य सामग्री, आधुनिक कृषि उपकरण, मर्मत सम्भारका लागि आवश्यक सम्पूर्ण पार्टपूर्जाहरू, गार्मेन्ट्सका प्रोडक्टहरु, भाँडा वर्तन, श्रृङ्गारका सामग्री, स्टेशनरी, जुत्ता, ब्याग लगायतका सामग्रि विक्रिका लागि राखिएको छ । शुभारम्भको अवसरमा मार्टले सम्पुर्ण सामाग्रीहरुमा बिषेश छुट समेत व्यवस्था गरेको छ ।


Author

थप समाचार
x