बुटवलमा स्कोडाको नयाँ ‘स्टेट-अफ-द-आर्ट’ सोरुम
काठमाडौँ- अटोमोबाइल ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बुटवलमा नयाँ स्टेट-अफ-दआर्ट थ्रिएस (सेल्स, सर्भिस र स्पेयर्स) फेसिलिटी सुरु गरेको छ । अब रोडवेज लाइफस्टाइलले पश्चिमी नेपालमा स्कोडाको बिक्री र बिक्रीपछिको सेवाको जिम्मेवारी पाएको हो ।
नेपाली बजारमा स्कोडाको पकड बलियो बनाउन र स्कोडा कारको उपलब्धता बढाउन एमएडब्लु स्कोडाले आफ्नो डिलर सञ्जाललाई विस्तार गर्दै आएको बताएको छ। एमएडब्लुले सन् २००८ देखि नेपालमा स्कोडा कार भित्र्याउन सुरु गरेको थियो ।
स्कोडाको नयाँ सोरुमको उद्धघाटन पाँच नम्बर प्रदेशका उद्योग तथा वाणिज्यमन्त्री अजय शाही र एमएडब्लु स्कोडा डिभिजनका कार्यकारी निर्देशक रौनक अग्रवालले संयुक्त रुपमा गरे । उद्घाटन समारोहपछि प्रदेशमन्त्री अजय शाहीले स्कोडा बुक गरेका ग्राहकहरुलाई साँचो हस्तान्तरण गरे ।
स्कोडाको नयाँ डिलर रोडवेज लाइफस्टाइलले दुई दिने विशेष ‘टेस्ट ड्राइभ इभेन्ट’ पनि आयोजना गर्दैछ । यो अवधिमा स्कोडा कार बुकिङ गर्ने ग्राहकले आकर्षक ‘क्यास डिस्काउन्ट’, निःशुल्क सडक कर, ‘एक्सचेन्ज बोनस’को सुविधा पाउने कम्पनीको भनाइ छ ।
हाल पोखरा, नारायणघाट, विराटनगर, विरगंज, बिर्तामोड, जनकपुर, धनगढी र काठमाडौंमा स्कोडाको डिलरसिप रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया