कर्पोरेट

एएफसी लाइसेन्स प्रमाणीकरणको लागि एपीएफलाई अग्नि ग्रुपको बधाई

इकागज |
फागुन २६, २०७८ बिहीबार १७:२० बजे

काठमाडौँ - एपीएफ फुटबल क्लबले हालै हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा आयोजित विशेष समारोहमा एसियाली फुटबल महासंघ (एएफसी) लाइसेन्स प्रमाणपत्र प्राप्त गरेको छ । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माको उपस्थितिमा सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

अग्नि ग्रुप महिन्द्राले नेपाल एपीएफसँग करिब ८ वर्षदेखि आबद्ध रहेको र सुरुवाती दिनदेखि नै क्लबको स्तरोन्नतिका लागि सक्दो सहयोग गर्दै आइरहेको छ । यो कोशेढुङ्गा मनाउन पाउँदा अग्नि ग्रुप परिवार गौरवान्वित भएको छ र एपीएफलाई नेपालको आधिकारिक चौथो क्लब बनेकोमा हार्दिक बधाई पनि व्यक्त गर्दछ।


एपीएफ क्लबले सन् २००१ देखि हालसम्मको आफ्नो यात्रामा धेरै उपलब्धि हासिल गरेको छ र निकट भविष्यमा सफलताका अन्य शिखरहरूमा पुग्न तत्पर रहेको छ अग्नि ग्रुप एपीएफ टिमलाई सफल भविष्यको कामना गर्दछ र आगामी दिनहरुमा पनि यस्तै उपलब्धीहरूसँगै मनाउने अपेक्षा पनि गर्दछ ।


Author

थप समाचार
x