कर्पोरेट

नबिल बैंकद्वारा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन

इकागज |
फागुन २८, २०७८ शनिबार १५:५४ बजे

काठमाडौँ - नबिल बैंकले ग्राहकहरूको लागि क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ । बैंकले प्रदेश नं. १ स्थित बैंकको शाखा कार्यालय अन्तर्गतका साना तथा मझौला ऋणीहरूलाई व्यवसायिक क्षमता अभिवृद्बि गर्ने हेतुका कार्यक्रम सञ्चालन गरेको हो।

बैंकले आफ्ना ग्राहकवर्गको क्षमता अभिवृद्बि तथा उद्यमशीलता विकास गरी नेपाली उत्पादनको प्रवर्धनमा जाेड दिने लक्ष्य राख्दै सोही क्षेत्रका  सुमन शाक्यलाई प्रशिक्षकको रुपमा आमन्त्रित गरी उक्त तालिम आयोजना गरेको र उक्त तालिम कार्यक्रम नेपालको बैंकिङ क्षेत्रमै पहिलो प्रयासको रुपमा रहेको जनाएको छ । 


इटहरीमा आयोजित उक्त तालिम कार्यक्रममा बैंकका ४० भन्दा बढी साना तथा मझौला ग्राहकहरुको उपस्थिति रहेको थियो । करिब चार घण्टा सञ्चालन गरिएको उक्त कार्यक्रमको समीक्षा गर्दै सहभागी ग्राहकहरुले यस किसिमको तालिमले आफनो व्यवसायिक क्षमता वृद्धिका लागि उपयोगी भएको साथै एक आपसमा अनुभव तथा ज्ञानको आदानप्रदान भएको महशुस गरेको कुरा जानकारी गराए ।

नबिल बैंकले आफ्नो एसएमई  ग्राहकवर्गको व्यवसायको क्षमता अभिवृद्बि तथा उद्यमशीलता विकास एवं बिस्तारका साथै बैंक र ग्राहक बिचको द्विगो सम्बन्धलाई लक्षित गर्दै यस किसिमको तालिम  आयोजना गरेको र आगामी दिनमा समेत यस्ता किसिमका ग्राहकमैत्री कार्यक्रमहरु सञ्चालन गरिने कुरा नबिल बैंकका साना तथा मझौला उद्यम तथा लघुवित्त विभागका प्रमुख निरजकुमार बस्नेतले बताए । साथै, यस्ता किसिमका ग्राहकमैत्री कार्यक्रमहरु संचालन गरी बैंकले नाफारहित बैंकिङको अवधारणा अनुरुप आफ्नो द्विगो बैंकिङको लक्ष्य प्राप्ति गर्ने बताए ।


Author

थप समाचार
x