हिमालयन बैंकको हाइ-एमबी मा अब 'नेपाल पे क्यू आर' उपलब्ध
काठमाडौँ - हिमालयन बैंक लिमिटेडले आफ्नो मोबाइल बैकिङ्ग हाइ- एमबीमा एकीकृत 'नेपाल पे क्यू आर' को सफल रुपमा अन्तर आबद्धता कायम गरेको छ । अब बैंकका ग्राहकहरुले हाइ(एमबी को प्रयोग गरेर बिभिन्न मर्चेन्ट तथा पेमेन्ट गेटवेहरूमा रहेको 'नेपाल पे क्यू आर' स्क्यान गरेर क्यूआर मार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् । साथै बैंकले राष्ट्र बैंकले जारी गरेको नेपाल पे क्यूआर मा आधारित भएर आफ्नो मर्चेन्ट म्यानेजमेन्ट सिस्टमको प्रयोग गरेर नेपाल पे, भिसा, युनियन पे र अलिपे लगायतका लागि अन्तर सञ्चालन शिला तथा अन्तर आबद्धता कायम हुने गरी एग्रीगेटेड क्यूआर पनि स्विकार गर्ने कार्यको थालनी गरेको छ ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको नेपाल–क्युआर स्ट्यान्डर्ड मूल पूर्वाधारको रुपमा नेपाल पे क्यू आरु स्थापना र एनसीएचएल द्वारा सञ्चालित हो, जस अन्तर्गत सदस्य बैंक वित्तीय संस्थाहरु, भुक्तानी सेवा प्रदायकहरू र अन्य भुक्तानी प्रणाली सञ्चालकहरूले छुट्टै योजनाको रुपमा र मर्चेन्ट वा अन्य क्यूआर स्कीमसँग अन्तर-आबद्धता कायम गरी प्रयोग गर्न सकिने व्यवस्था रहेको छ ।
बैंकका ब्यापारिक ग्राहकहरू मर्चेन्टको रुपमा आबद्ध भएर आफ्ना ग्राहकहरूबाट हाइ-एमबी अथवा नेपाल पे क्यू आरमा आबद्ध अन्य उपकरणहरु मार्फत् सिधै आफ्नो खातामा भुक्तानी प्राप्त गर्न सक्दछन् ।
यसरी हिमालयन बैंकको मोबाइल बैङ्ककमा क्यूआर जोड्दा र एग्रीग्रेटेड क्यूआर मा मर्चेन्ट एक्वायर गर्दा रिटेल स्तरमा हुने विद्युतीय भुक्तानीमा थप बृद्धि हुने आशा गरिएको छ, जुन यस बैंकको प्राथमिकता पनि रहेको छ । हिमालयन बैंकले भिसा, मास्टर कार्ड, एमेक्स, युनियन पे,एससीटीका कार्डहरू जारी गर्नुका साथै कारोबारहरू स्विकार पनि गर्दै आएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया