विद्यालय सहयोगका लागि राजधानीमा साइकल र्याली
काठमाडौँ- किवानिज क्लब अफ राजधानीले विद्यालय सहयोगका लागि साइकल र्याली आयोजना गरेको छ । 'राइड फर राइट' नारा राखि विकट जिल्ला पूर्वी रुकुमको एक विद्यालयको पठन सामग्री तथा स्कुल कपडा सहयोग गर्ने उदेश्यले संयुक्त रुपमा साइकल र्याली गरिएको हो । सो र्यालीमा विश्व साइकल यात्री पुस्कर शाहको समेत सहभागिता रहेको थियो ।
नेपालमा विगत सन् २०१५ देखि बालबालिका तथा सामाजिक कार्यमा निरन्तर लागिरहेको विश्वव्यापी संस्था किवानिज इन्टरनेशनल नेपाल अमेरिकामा स्थापित संस्था अहिले विश्वका ९० भन्दा बढि मुलुकमा ७ लाख भन्दा बढि भोलिन्टियरमा सदस्यहरु रहेको जनाएको छ।
कार्यक्रममा किवानिज नेपालका गभर्नर एकराज पन्त, पुर्व गभर्नर मोहन लम्साल, निर्वाचित गर्भनर लक्षमण लम्साल, भाइस गभर्नर तीर्थ कुमार सिंह, प्रमुख सल्लाहकार दामोदर ढकाल, सल्लाहकार राजकुमार लामा, सचिव दिपक पौड्याल, कोषाध्यक्ष रामहरी सुवेदी, केसीएफएन डाइरेक्टर चन्द्रज्योती खतिवडाको उपस्थिति थियो ।
कार्यक्रममा साइकल लिष्ट पुस्कर शाहसँगै मिस नेपाल इन्टरनेशनल रोनाली अमात्यको पनि उपस्थिति थियो । कार्यक्रमको सुरु किवानिज नेपालका संस्थापक तथा वर्तमान डिष्टिक गभर्नर एकराज पन्तले गरेका थिए । जावलाखेलबाट सुरु भएको साइकल र्याली थापाथली, माइतीघर, बानेश्वर, कोटेश्वर हुदै सातदोबाटोबाट जावलाखेलमा नै पुगेर अन्त्य भएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया