सीजी ब्रुअरीले ल्यायो आइस पिल्स्नर बियर
काठमाडौँ - चौधरी ग्रुप अन्तर्गतको सीजी ब्रुअरीले नेपाली बजारमा नेपाल आइस पिल्स्नर बियर ल्याएको छ । नेपालमा सर्वाधिक लोकप्रिय बियर ‘नेपाल आइस’ ब्राण्ड अन्तर्गत पिल्स्नर बियर उत्पादन गरेको हो ।
बजारमा उपलब्ध अन्य पिल्स्नर बियर भन्दा यो फरक तथा उत्कृष्ट स्वादमा रहेको छ । सीजीले समय अनुकुल आफ्ना बियर पारखीहरूका लागि फरक तथा उत्कृष्ट स्वादमा बियर उत्पादन गर्दै आएको छ ।
नेपाल आइस पिल्स्नर उपभोक्ता माझ लोकप्रिय तथा प्रथम रोजाइको पिल्स्नर बियर हुनेमा कम्पनी विश्वस्त छ । यो बियर ६ सय ५० मिलि प्रति बोतल उपभोक्ता मूल्य ३४० रूपैयाँ तथा ३३० मिलि प्रति बोतल उपभोक्ता मुल्य १७५ रूपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया