कर्पोरेट

महिन्द्रा थ्रीएस  डिलर र टुएस सब-डिलरको उद्घाटन

इकागज |
फागुन ३०, २०७८ सोमबार ११:४ बजे

काठमाडौँ - नेपालका लागि महिन्द्राको आधिकारीक वितरक अग्नि ग्रुपले  चितवनमा नयाँ थ्री एस डिलर, सेन्ट्रल अटो जोन (सेल्स, सर्भिस र स्पेयर पार्ट्स)  भरतपुर-९ हाकिम चोक, चितवन र टु एस सब(डिलर, न्यू पञ्चकन्या मोटर पार्ट्स टाँडी, चितवनमा हालसालै उद्घाटन गरेको छ । 
 
सो डिलर र सब-डिलरको उद्घाटन अग्नि ग्रुपका प्रबन्ध निर्देशक श्री क्याबिनेट श्रेष्ठ , सेन्ट्रल अटो जोनका प्रबन्ध निर्देशक राजेन्द्र बटाजु, अग्निका प्रतिनिधि र अन्य विशेष अतिथिहरूको उपस्थितिमा भएको थियो ।

अग्नि ग्रुपले नेपालका विभिन्न स्थानमा आफ्नो नेटवर्कको विस्तार मार्फत आफ्ना सम्पूर्ण सेवाग्राहीलाई उत्कृष्ट सेवा प्रदान गर्न तत्पर रहेको छ र यसरी नै आगामी दिनहरुमा पनि अन्य थप डिलरहरू र सब-डिलरहरूको उद्घाटन गर्ने पनि जनाएको छ।



Author

थप समाचार
x