कर्पोरेट

यशोदा फुड्सद्वारा नुडल्स स्वादको चाउचाउ र चीज बल्स सार्वजनिक

इकागज |
चैत १, २०७८ मंगलबार १३:२४ बजे

फाइल फोटो

काठमाडौँ - मिठो पिरो चाउचाउका रुपमा नेपाली बजारमा आएको करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले फरक स्वादको नयाँ चाउचाउ र चीज बल्स ल्याएको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै यशोदा फुड्सले सो कुराको जानकारी दिएको हो ।

कार्यक्रम मार्फत उद्योगले सुपर प्रिमियम चाउचाउ अन्तर्गत करेन्ट चीज एण्ड बटर, करेन्ट मशरुम नुडल्स, करेन्ट इन्स्ट्यान्ट नुडल्स (फेमिली प्याक) र करेन्ट चीज चिकेन पिज्जा नाम र स्वादको चाउचाउ सार्वजनिक गरेको हो । सुपर प्रिमीयम चाउचाउ अन्तर्गत नेपालमै पहिलो पटक करेन्ट चीज एण्ड बटर, करेन्ट मशरुम नुडल्स फेमिलि प्याकमा  उपलब्ध छ भने यसको प्रति पिसको मूल्य  १२० रूपैयाँ र तौल १२० ग्राम रहेको समेत उद्योगले जनाएको छ ।


साथै फेमीली प्याकमा २० रूपैयाँ पर्ने करेन्ट इन्स्ट्यान्ट नुडल्स र पिज्जाको  स्वादमा करेन्ट चीज चिकेन पिज्जा समेत सोहि कार्यक्रमका विच सार्बजनिक भएको छ । सोही कार्यक्रमकै माध्यमबाट चीज बल्स्स पारखीका लागि चीज बल्स्स अन्तर्गत चीजको स्वादमा ५० रूपैयाँ पर्ने चीज बल्स्स समेत सार्वजनिक गरेको छ । 

विदेशबाट हुने चाउचाउ आयातलाई विस्थापित गरी स्वदेशी उत्पादनलाई बढावा दिँदै करेन्ट अहिले नेपालकै नं १ ब्राण्ड बनिसकेको कम्पनीको दाबी छ । नेपालमा मात्र नभइ भारत, युरोप, कोरिया, जापान, अमेरिका, क्यानाडा, वेलायत, अष्ट्रेलिया लगायत देशमा समेत आफ्ना उत्पादन निर्यात गरी देशको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याइरहेको उद्योगले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

साना तथा मझौला उद्योगदेखि आफ्नो व्यवसायीक यात्रा शुरु गरेको  यशोदा ग्रुपको यात्रा प्याकेजिङ , सोना पोलिमर्स  मसला, चियापत्ती, चाउचाउ, हाउजिंग, होटल, फिल्म, सेवा सम्म पुग्दै नेपालकै उच्च व्यवसायीक समुहको रुपमा आफूलाई स्थापित गर्न सफल भएको, ३५ सय भन्दा बढी जनशक्तिका लागि प्रत्यक्ष अप्रत्यक्ष रोजगारीका अवसर प्रदान गरेको उद्योगले जनाएको छ ।


Author

थप समाचार
x