सनराइज बैंकको स्वास्थ्य योजना थप विशेषतासहित
काठमाडौँ - सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई दिँदै आएका स्वास्थ्य बीमालाई परिमार्जन गरेको छ । बैंकले स्वास्थ्य बीमा अन्तरगत अस्पताल भर्ना र ओपीडी खर्चमा एक लाखसम्मको बीमा दिँदै आएकोमा वर्षमा तीन पटकसम्म दावी गर्न पाउने व्यवस्था गरेको छ ।
बैंकमा रकम बचत गर्दा ग्राहकहरुले बचत र ब्याज मात्रै नभएर ग्राहकको स्वास्थ्यमा केही समस्या आइपरेमा त्यसको उपचार गर्दा लाग्ने खर्च समेत पाउन सक्ने बैंकले जनाएको छ । सनराइज बैंकले आफ्ना सबै बचत खातामा उक्त स्वास्थ्य योजना दिदै आएको छ । यो वर्ष त्यसलाई परिमार्जन गरी थप सुविधा दिने बैंकले जनाएको छ ।
यस्तै ५ लाखसम्म दुर्घटना बीमा पनि दिइएको छ । पहिले नेपाल र भारतका १५ वटा अस्पतालमा गरिएको उपचारमा मात्र बीमा दिँदै आएकोमा यस वर्ष देखि नेपाल लगायत भारतका ७० वटा अस्पतालमा उपचार गराउँदाको खर्च समेत स्वास्थ्य योजना अन्तर्गत दाबी गर्न सकिने बैंक ।
साथै नारीहरूलाई बचत गर्न उत्प्रेरणा र उनीहरुको स्वास्थ्य सुरक्षामा साथ दिने उद्देश्य स्वरुप बैंकले नारी बचत खाता भएका महिलाहरुलाई ५ लाख सम्मको घातक रोग खर्च दिने भएको छ । महिलाहरूमा हुन सक्ने पाठेघर क्यान्सर, स्तन क्यान्सर, मुटु रोग आदि सहितका १८ घातक रोगहरु यसले समेट्ने छ । साथै महिलाहरुलाई प्रसुती खर्च स्वरुप १० हजार रूपैयाँ सम्म दिइने बैंकले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया