माछापुच्छे बैंकद्वारा ११ घर परिवारलाई सहयोग
काठमाडौँ - माछापुच्छ्रे बैंकको माहुली शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सप्तरी जिल्ला अग्निसाइर कृष्णसवरण टेगंरीमा लागेको आगलागीबाट सबै जलेर नष्ट भएको ११ घर परिवारलाई खाद्यान्न तथा भाँडाकुँडा सहयोग गरेको छ । उक्त राहत वितरण कार्यक्रममा कृष्णसवरण ४ का अध्यक्ष तेज नारायण यादव र बैंकको प्रदेश नं. २ को प्रदेश उप प्रमुख बिनेश ठाकुरको पनि उपस्थितिमा सो सहयोग सामाग्री हस्तान्तरण भएको थियो।
माछापुच्छ्रे बैंकले विशुद्ध बैंकिङ्ग सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न संघ संस्थाहरूलाई सहयोग गर्दै आएको छ । त्यस्तै बैंकले बिभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिमा पनि सरकारलाई सहयोग गर्दै आएको छ ।
बैंकले देशका हरेक वर्ग र समुदायमा सेवा पुर्याउने उद्देश्यले १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखा रहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया