कर्पोरेट

एभरेष्ट बैंकद्वारा थिमी र काँडाघारीमा नयाँ शाखा उद्घाटन

इकागज |
चैत ४, २०७८ शुक्रबार १२:४४ बजे

काठमाडौँ - एभरेष्ट बैंक लिमिटेडले अत्याधुनिक बैंकिङ्ग सेवा र सुविधाहरू उपलब्ध गराउनका लागि भक्तपुरको थिमी र काठमाडौँको काँडाघारीमा आफ्नो नयाँ शाखाहरु उद्घाटन गरेको छ । थिमी शाखाको उद्घाटन एभरेष्ट बैंकका सञ्चालक नविनभक्त श्रेष्ठ र थिमी नगरपालिकाका, मेयर मदनसुन्दर श्रेष्ठले संयुक्त रुपमा गरेका छन् ।

त्यसैगरी काँडाघारी शाखाको उद्घाटन बैंकका सञ्चालक नबिनभक्त श्रेष्ठ र कागेश्वरी मनहरा नगरपालिकाका, मेयर कृष्णहरि थापाले संयुक्त रुपमा गरेका छन् । उक्त उद्घाटन समारोहमा एभरेष्ट बैंकका सहायक महाप्रबन्धक केशवराज पौड्याल, बाग्मती प्रदेशका प्रादेशिक–प्रबन्धक सन्तोष कुमार भट्टराई, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।


यसै उद्घाटन समारोहमा सञ्चालक नबिनभक्त श्रेष्ठले थिमी र काँडाघारीका वासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासनका व्यक्त गरेका छन् ।  स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरू रहेका छन् । 

देशैभरि छरिएर रहेको आफ्नो ११२ शाखा संजाल, प्रादेशिक कार्यालय , १४५ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिङ्ग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ । 


Author

थप समाचार
x