कर्पोरेट

सोनामका उत्पादनमा ७० प्रतिशतसम्म छुट

इकागज |
चैत ८, २०७८ मंगलबार १८:५३ बजे

काठमाडौंँ – सोनामले आफ्ना उत्पादनमा ७० प्रतिशतसम्म छुट दिने भएको छ ।  यही चैत्र १ गते देखि चैत्र १७ गते सम्म व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने सोनामले विन्टर सेल अफर सार्वजनिक गरेको हो । 
यस योजना अन्तर्गत कम्पनीले आफ्ना विभिन्न उत्पादनमा विशेष छुट घोषणा गरेको छ । यो अफरमा छानिएका वस्तुमा ७० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ । 
विशेष छुट कम्पनीका सबै आउटलेटमा लागू गरिएको छ । सोनम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्याग लगायत उत्पादन छन् । 


राजधानी उपत्यकामा ठमेलको क्वाबहाल र, ललितपुरको जावलाखेल र कुमारीपाटी, कमलपोखरीको सिटी सेन्टर, टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिल मल, बालाजुको बिजी मल, जडिवुटीको जडिबुटी चोक, चितवनको सिजी ल्याण्डमार्क, सुनसरीको धरान पुतली लाइन, नाम्चे तथा पोखराको लेकसाइड र न्युरोडमा सोनमका सो रुम छन् । 



Author

थप समाचार
x