म्यानको बोर्ड सदस्यमा सुरेन्द्रकुमार गोयल निर्वाचित
काठमाडौँ- म्यानेजमेन्ट एशोसिएसन अफ नेपाल (म्यान) कार्यकारी बोर्ड सदस्यमा डा. सुरेन्द्रकुमार गोयल निर्वाचित भएका छन् । हिजो भएको व्यवस्थापन संघको ४१ औं वार्षिक साधारण सभामा डा. गोयल निर्वाचित भएका हुन् ।
शिवम् सिमेन्ट लिमिटेडको सञ्चालक समेत रहेका गोयल संस्थागत समूह तर्फको प्रतिनिधित्व गर्दै म्यान को कार्यकारी बोर्डको सदस्य पदमा निर्वाचित भएका हुन् ।
उक्त पदमा शिवम् सिमेन्ट दोस्रो पटक निर्वाचित भएको हो । यस अघि सन २०२० मा भएको निर्वाचनमा समेत शिवम् सिमेन्ट संस्थागत समूह तर्फको प्रतिनिधित्व गर्दै नेपाल व्यवस्थापन संघको कार्यकारी बोर्डको सदस्य पदमा निर्वाचित भएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया