नेपाली बजारमा शाओमीको ४ नयाँ ल्यापटप, कुनकाे मूल्य कति ?
काठमाडौँ - शाओमीले नेपाली बजारमा दुई सिरिजका नयाँ उत्पादन सार्वजनिक गरेको छ । शाओमीले नेपाली बजारमा मी नोट बुक २०२१ सिरिज र रेड्मी बुक सिरिज सार्वजनिक गरेको हो।
उच्च स्पिड एवं अन्य विभिन्न विशेषताहरू समावेस गरिएको मी नोट बुक अल्ट्रा र मी नोट बुक प्रो सरल डिजाइन र अत्याधुनिक प्रविधिको प्रयोग गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार आधुनिक डिजाइन, बलियो र गुणस्तरीय निर्माण भएको यो रेड्मीबुक सिरिजमा १५.६” एफएचडी डिस्प्ले, ११औं जेनेरेसनको इन्टेल कोर प्रोसेसर, ८ जीबी डीडीआर फोर ३२०० मेगाहर्ज र्याम रहेको छ जसले मल्टिटास्करहरूलाई अप्टिमाइज्ड स्पेसिफिकेशनहरू साथ लगातार ११ घण्टासम्मको ब्याट्री ब्याक-अप प्रदान गर्छ।
शाओमी नेपालका नयाँ कन्ट्री जेनरल म्यानेजर अमितकुमार पंडाले फोन–प्लस स्ट्राटेजीमा ध्यान केन्द्रित गरेको र अन्य इलेक्ट्रोनिक्स उत्पादनहरूमा गहिरो अध्ययन गरेको बताए । मी फ्यानहरूले व्यापक रूपमा मन पराएको भन्दै उनले पावर बैंक, इयर बड, स्मार्ट ब्यान्ड, स्मार्ट वाच र स्मार्ट टिभी जस्ता प्रत्येक उत्पादनहरूसँग नवीनतम प्रविधिलाई ग्राहक माझ पहुँचयोग्य बनाउने लक्ष्य राखेका बताए ।
मी नोट बुक सिरिजका ल्यापटपहरू मी ट्रु लाइफ प्सल र ट्रु लाइफ डिस्प्लेको साथ एयरोस्पेस ग्रेड सिरिज ६, एल्युमिनियम बडी, दिनभरको लागि ब्याट्री ब्याकअप, टाइप सी जस्ता विशेषताहरू रहेको उनले बताए ।
नेपाली बजारमा रेड्मीबुक सार्वजनिक भएसँगै कम्पनीको ध्यान उपभोक्ताहरूको लक्ष्य प्राप्तिका लागि ल्यापटपको पर्फमेन्स र पोर्टेबिलिटीमा केन्द्रित गरेको उनले बताए । प्रिमियम डिजाइन र उत्कृष्ट पर्फमेन्सको विशेषता भएका यी ल्यापटपहरू आधुनिक काम गर्ने/सिक्ने शैलीमा कार्यरत प्रयोगकर्ताहरूका लागि उत्तम विकल्प भएको उनको भनाइ छ ।
आधुनिक, मेटालिक र न्यूनतम डिजाइन
मी नोट बुक अल्ट्रा आधुनिक र न्यूनतम, युनिबडी डिजाइन भएको शक्तिशाली र पोर्टेबल ल्यापटप हो। यो मी नोट बुक सिरिज एयरोस्पेस ग्रेड सिरिज ६, एल्युमिनियम बडी, एयरक्राफ्ट ग्रेड मेटलको प्रयोग बाट बनेको छ। १.७ किलोग्राम मात्र वजन रहेको यो ल्यापटप १७.९ एमएम भन्दा कम मोटो छ, जसले यसलाई स्लिम र पोर्टेबल बनाउँछ।
मी ट्रुलाइफ प्लस डिस्प्ले
कम्पनीका अनुसार मी नोट बुक अल्ट्रा प्रयोगकर्ताहरूको दक्षता बढाउने हेतुले डिजाइन गरिएको हो। मी ट्रुलाइफ प्लस डिस्प्ले सहित सुसज्जित यो ल्यापटपमा १०० प्रतिशत एसआरजीबी कलर गामुट समेटिएको छ । जसले भिडियोहरू र खेलहरूलाई जीवन्त बनाउँछ ।
मी नोट बुक अल्ट्राले ९० हर्ज रिफ्रेस रेट डिस्प्लेको साथ, प्रयोगकर्तालाई फ्लुइडिटि प्रदान गर्छ र अनौपचारिक गेमिङलाई थप रोमाञ्चक बनाउने कम्पनीको दावी छ।
मूल्य
मी नोटबुक अल्ट्राः
Intel® Core™ i7–11370H + 16GB+12GBM –रु.१,३६,९९९/
मी नोटबुक प्रोः
Intel® Core™ i5–11300H 16GB+512GBM- रु. १,०९,९९९/
रेड्मीबुक १५ प्रोः
Intel® Core™ i5 11th Gen, 8G+512GB –रु.८९,९९९/
रेड्मीबुक ई–लर्निङ एडिशनः
Intel® Core™ i3 11th Gen, 8GB+256 GB –रु.७४,९९९/
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया