कर्पोरेट

गरिमा क्यापिटलले दियो ग्राहकहरूमा विभिन्न छुट

इकागज |
बैशाख ६, २०७९ मंगलबार १८:२१ बजे

काठमाडौँ- गरिमा क्यापिटल लिमिटेडले नयाँ वर्षको अवसर पारेर सेवा विषेश छुट दिएको छ। कम्पनीले डिम्याट, मेरो सेयर तथा लगानी व्यवस्थापन शुल्कमा छुट दिएको हो।

क्यापिटलले १ हजार ९ सय ९९ मा आजीवन डिम्याट र मेरो शेयर खाता योजना तथा लगानी व्यवस्थापन सेवा शुल्कमा विशेष छुट दिएको जनाएको छ। कम्पनीले नयाँ वर्ष तथा हालसालै साविक केसीएल अस्ट्यूट क्यापिटल लिमिटेड अझ विस्तारित भइ गरिमा क्यापिटल लिमिटेडको नाममा कार्य शुभारम्भ गरेको उपलक्ष्यमा छुट दिएको हो।


छुट अन्तर्गत आजीवन हित ग्राही (डिम्याट) तथा मेरो शेयर खाता १ हजार ९ सय ९९ रूपैयाँमा भुक्तान गरी आजीवन हित ग्राही खाता खोल्न नवीकरण गर्न सक्नेछन्। साथै निःशुल्क अनलाइन हित ग्राही तथा मेरो शेयर खाता योजना योजना अन्तर्गत ग्राहकहरुले गरिमा क्यापिटल लिमिटेडको वेवसाइटमा अनलाइन डिम्याट नामको अप्सनमा क्लिक गरी पहिलो वर्षको लागि निःशुल्क हित ग्राही तथा मेरो शेयर खाता खोल्न सक्नेछन्

साथै लगानी व्यवस्थापन सेवामा लाग्ने वार्षिक व्यवस्थापन शुल्कमा ५० प्रतिशत छुट दिएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले लगानी व्यवस्थापन सेवामा लाग्ने वार्षिक व्यवस्थापन शुल्कमा ५० प्रतिशत छुट प्राप्त गर्नसक्नेछन् । योजना आषाढ मसान्तसम्म लागू हुने कम्पनीले जनाएको छ ।



Author

थप समाचार
x