कर्पोरेट

स्थानीय निर्वाचनमा ग्राहकहरूलाई टेलिकमले दियो 'निर्वाचन अफर'

इकागज |
बैशाख २४, २०७९ शनिबार १८:३९ बजे

काठमाडौँ - नेपाल टेलिकमले आफ्ना ग्राहकहरूको लागि निर्वाचन लक्षित अफर सार्वजनिक गरेको छ।  टेलिकमले  आगामी वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय निर्वाचनको लागि आफ्नो सेवामा विशेष छुट दिएको हो । टेलिकमले जीएसएम प्रिपेड तथा पोस्ट-पेड मोबाइल सेवामा दिएको निर्वाचन अफर अन्तर्गत भ्वाइस एसएमएस र डाटा प्याक समावेश छन् । 

ग्राहकहरूले ९८ रूपैयाँमा आवश्यकता अनुसार जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने भ्वाइस अफर र एसएमएस अफरका साथै डाटा अफर प्रयोग गर्न सकिने गरी निर्वाचन अफर उपलब्ध गराएको छ। अफर वैशाख २५ देखि जेठ ४ गते सम्म उपलब्ध हुने टेलिकमले जनाएको छ । 


कम्पनीले जुनसुकै नेटवर्कमा पनि कुरा गर्न सकिने भ्वाइस अफर र जुनसुकै नेटवर्कमा पनि एसएमएस पठाउन सकिने एसएमएस अफर उपलब्ध गराउने छ । ३ दिनसम्म  सबै नेटवर्कमा २०० मिनेट कुराकानी गर्न सकिने २०० मिनेट भ्वाइस प्याक जम्मा ९८ रूपैयाँमा खरिद गर्न सक्नेछन् । ३ दिन सम्म जुनसुकै नेटवर्कमा पनि पठाउन सकिने ३०० वटा एसएमएस सहितको ३०० एसएमएस प्याक पनि  ९८ रूपैयाँमा उपलब्ध खरिद गर्न सक्नेछन्।  त्यसैगरी ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा ९८ रूपैयाँमा खरिद गर्न सकिने छ । 

कसरी लिने टेलिकमको निर्वाचन अफर

टेलिकमले दिएको निर्वाचन अफर लिनका लागि ग्राहकहरूले आगामी २५ देखि जेठ ४ गतेसम्म आफ्नो मोबाइलबाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिने टेलिकमले जनाएको छ। 


Author

थप समाचार
x