कर्पोरेट

नबिल बैंकद्वारा कर्मचारी परिवारलाई ‘श्री शम्भु प्रसाद पौड्याल स्मृति छात्रवृत्ति’ हस्तान्तरण

इकागज |
बैशाख २७, २०७९ मंगलबार १३:३४ बजे

काठमाडौंँ - नबिल बैंकका पूर्व अध्यक्ष स्व. शम्भुप्रसाद पौड्यालको सम्झनामा यस वर्षबाट बैंकले कर्मचारी परिवारको लागि 'श्री शम्भु प्रसाद पौड्याल स्मृति छात्रवृत्ति' सुरु गरेको छ । बैंकमा लामो समय कार्य गरेका स्व. पौडेलको स्मृतिमा बैंकले छात्र वृद्धि सुरु गरेको हो ।

यस छात्रवृत्ति कार्यक्रममा प्रत्येक वर्ष नबिल बैंकका सम्पूर्ण कर्मचारीहरूले राष्ट्रिय परिक्षा बोर्डको +२ तहमा उत्कृष्ट नतिजा ल्याउने मेहनती तथा जेहेन्दार सन्तानहरूका नाम मनोनयन गर्न सक्ने बैंकले जनाएको छ । उच्च शिक्षाको लागि प्रोत्साहन गर्ने उदेश्य सहित बैंकले यो कार्यक्रम ल्याएको र मनोनित कर्मचारी परिवारका सन्तानहरूबाट उत्कृष्ट नतिजा ल्याउने २ जना पुरुष र २ जना महिला सन्तानहरूलाई प्रत्येक बर्ष यो पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ ।


५० हजार राशिको सो पुरस्कार बैंकले आर्थिक वर्ष २०७७/७८ मा कर्मचारीहरू उदय राज खनाल, सन्देशराज भट्टराई, मुरारीप्रसाद अर्यालका सन्तानहरू क्रमश युनिका खनाल, दिप्सन भट्टराई र मुकुल अर्यालले प्राप्त गरेका छन् ।

बैंकको प्रधान कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रममा नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले बैंकका सञ्चालक समितिका सदस्यहरू, वरिष्ठ व्यवस्थापन तहका कर्मचारीहरू, पूर्व अध्यक्षका परिवार र छात्रवृत्ति विजेताहरूको अभिभावकको उपस्थितिमा तीनै विजेताहरूलाई छात्रवृत्तिको रकम सहित प्रशंसा पत्र हस्तान्तरण गरेका थिए ।

छात्रवृत्ति कार्यक्रमको बारेमा बोल्दै बैंकका अध्यक्ष पौड्यालले स्व.शम्भु प्रसाद पौड्यालले बैंकलाई पर्‍याएको लामो योगदानको उच्च प्रशंसा गर्दै उक्त योगदान अत्यन्त महत्वपूर्ण र अविस्मरणीय रहेको जनाए । साथै बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अनिल केशरी शाहले दशकौंदेखि नबिल बैंक र नबिलियनको वृद्धी र विकासका लागि स्व. पूर्व अध्यक्षले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका थिए ।


Author

थप समाचार
x