कर्पोरेट

१३६ औं वार्षिकोत्सव मनाउँदै कोका-कोला

इकागज |
बैशाख २७, २०७९ १७:१ बजे

काठमाडौँ-  ८ मे १८८६ मा  जर्जियाको डाउनटाउन एटलान्टा स्थित एक सोडा फाउन्डेसनबाट सुरु भएको कोका–कोला कम्पनीले आफ्नो १३६ औँ वार्षिकोत्सव मनाएको छ । यसको उत्पादनको परिकल्पना एटलान्टा फर्मासिस्ट डा. जोन एस पेम्बर्टनले यो स्वादिस्ट पेय पदार्थको उत्पादन सुरु गरेका हुन्।

कोका–कोला, कोका–कोला जेरो सुगर, फ्यान्टा, स्प्राइट र किन्ले लगायतका पेय पदार्थहरू उत्पादन गर्दै आएको कोका–कोलाले नेपाल मा करिब ५ दशक अघि बालाजुको (बोटलर्स नेपाल लिमिटेड) र भरतपुरको  (बोटलर्स नेपाल तराई लिमिटेड) मा दुई प्लान्ट स्थापना गरी आफ्नो व्यवसाय सन्चालन गरेको थियो ।


नेपाली उपभोक्ताहरुबीच आफ्नो सम्बन्ध बलियो बनाउन प्रतिबद्ध कोका–कोलाले नेपालमा पेय पदार्थका किफायती विकल्पहरु उपलब्ध गराउँदै उनीहरुलाई आफ्नो आवश्यकता अनुसारको  प्याकहरू छनोट गर्न सजिलो बनाएको छ । यसै सिलसिलामा कोका–कोलाले सन् २०१९ मा आफ्नो सबैभन्दा सानो र पोर्टेबल कान्छु प्याक लन्च गरेको थियो, जुन १७५ मिलिको आरजीबी बोतलमा २५ रूपैयाँमा उपलब्ध रहेको थियो। नेपाली उपभोक्ताहरूसँगको आफ्नो सम्बन्ध अझै आत्मीय बनाउनको लागि यस प्याकको लोगो पनि नेपालीमै छापिएको थियो । त्यस्तै विश्वव्यापी रुपमा सन्चालन गरिएको कोक एन्ड मिलको नेपाली संस्करणको रुपमा मोःमोत्सव पनि विगत ७  वर्षदेखि नेपालमा सन्चालन गर्दै आएको छ। 

कोका–कोलाले आफ्नो व्यापारलाई सदैव दिगो तरिकाले सन्चालन गर्न प्रयास गर्छ र यसले सन् २०२१ मा फोहोर व्यवस्थापन, वाटर स्टेवार्डशिप र महिला सशक्तिकरणलाई ध्यानमा राखेर सन्चालन गरिएको मेडन सस्टेनेबिलिटी २०२१ को प्रतिवेदन पनि सार्वजनिक गरेको थियो । 
आफ्नो 'वर्ल्ड विदाउट वेष्ट' को विश्व–व्यापी उद्देश्यलाई साकार पार्न आफ्ना हरेक उत्पादन प्रकृयामा प्लास्टिकको प्रयोग कम गर्दै आएको छ। साथै रिड्युस्, रिप्लेनिस र रि–युज सहितको आफ्नो पानी कम गर्ने रणनितिको सफल कार्यन्वयनको परिणाम स्वरुप वाटर न्युट्रल कम्पनीको रुपमा स्थापना भएको छ।

त्यस्तै , आफ्नो सिस्टममा आवद्ध महिलाहरुलाई सशक्त बनाउने उद्देश्य सहित यसले सक्षम थिमको रिटेल तालिम सन्चालन गरेको थियो जस अन्तर्गत २०२२ को अन्त्य सम्म खुद्रा पसल र साना खाजा घरहरु सन्चालन गर्दै आएका १ हजार जना महिलाहरुलाई व्यावसायिक तालिम प्रदान गर्ने लक्ष्य लिएको छ ।



Author

थप समाचार
ad
x