कर्पोरेट

एभरेष्ट बैंकको मोबाइल बैंकिङ एपमा 'नेपाल पे क्यूआर' एकीकृत

इकागज |
बैशाख २८, २०७९ बुधवार १०:५० बजे

काठमाडौंँ - एभरेष्ट बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप, इबिएल टच २४ मा 'नेपालपे क्यूआर'लाई सफलतापूर्वक एकीकृत गरेको छ । जसले गर्दा यसका ग्राहकहरूले अब विभिन्न भुक्तानी गेटवेमा उपलब्ध 'नेपालपे क्यूआर' मार्फत भुक्तानी गर्न सक्नेछन् । एभरेष्ट बैंकले 'नेपालपे क्यूआर' को लागि व्यवसायहरू प्राप्ति गर्न पनि पहल गरेको छ।

एभरेष्ट बैंक, पंजाब नेशनल बैंकसँग संयुक्त उद्यममा हालसम्म लाखौं ग्राहकहरू आवद्ध छन् । हाल बैंकले आफ्ना ११५ शाखा, ३१ राजस्व सङ्कलन काउन्टर, १५० एटिएम तथा आफ्नो फराकिलो विश्वव्यापी नेटवर्क मार्फत अन्तर्राष्ट्रिय स्तरको व्यावसायिक र दक्ष बैंकिङ सेवाहरू प्रदान गर्दै आएको
 छ ।



Author

थप समाचार
x