कर्पोरेट

बुटवलमा डिशहोम फाइवरनेटको सोरुम

इकागज |
जेठ २, २०७९ सोमबार १७:३ बजे

काठमाडौँ- डिसहोम फाइबर नेटले बुटवलको ट्राफिक चोकमा सह वितरण शोरुम सञ्चालनमा ल्याएको छ । नेपाल इलेक्ट्रोनिक्स एण्ड इलेक्ट्रोनिक्स सप्लायर्सले सञ्चालन गर्नेगरी सोमबारदेखि उक्त शोरुम सञ्चालनमा आएको हो ।

डिसहोमको एरिया सेल्स म्यानेजर प्रदिप सुवेदी र सेल्स अफिसर बिनोद सुवेदी नेपाल डिटिएच लिंकका प्रोप्राइटर राजकुमार  सेन को उपस्थितिमा एरिया सेल्स म्यानेजर प्रदिप सुवेदी ले शोरुम को समुद्घाटन गरेका थिए ।


कार्यक्रममा बोल्दै  सेल्स म्यानेजर सुवेदीले ६ महिनाको छोटो अवधिमा नै यस क्षेत्रमा डिसहोमको फाइबर नेट प्रयोगकर्ता ८ हजार भन्दा बढि सन्तुष्ट ग्राहक रहेको र डिसहोम फाइबर नेट प्रति ग्राहकको बढ्दो आकर्षण रहेको बताए  ।

नेपाल इलेक्ट्रोनिक्स एण्ड इलेक्ट्रोनिक्स सप्लायर्सले हालसम्म धेरै ग्राहकलाई डिसहोम फाइबर नेटको सेवा उपलब्ध गराइसकेको छ । अब अझ बढी ग्राहक माझ पुग्न नयाँ शोरुमले मद्दत गर्ने नेपाल इलेक्ट्रोनिक्स एण्ड इलेक्ट्रोनिक्स सप्लायर्सका सञ्चालक बिबेक गुप्ताले बताए ।


Author

थप समाचार
x