कर्पोरेट

नबिल बैंकद्वारा पेमेन्ट नेपालसँग साझेदारी

इकागज |
जेठ २, २०७९ सोमवार १७:३४ बजे

काठमाडौँ- नबिल बैंकले नेपालमा आफ्नो मोबाइलमा आधारित रियल-टाइम भुक्तानी प्रणाली, युनिफाइड पेमेन्ट इन्टरफेस (युपीआई)को स्वीकृति प्रदान गर्न पेमेन्ट नेपाल (गेटवे पेमेन्ट सर्भिस प्रालि) नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त भुक्तानी प्रणाली अपरेटरसँग साझेदारी गरेको छ । 

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र गेटवे पेमेन्ट सर्भिसका प्रमुख कार्यकारी अधिकृत राजेश प्रसाद मानन्धरले साझेदारी सम्झौतामा हस्ताक्षर गरेका छन् । यो साझेदारीले नबिल बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई भारतका व्यापारी स्टोरहरूमा सुरक्षित र निर्वाध रूपमा भुक्तानी गर्न सक्नेछन् । ​
यूपीआई अन्तर बैंक र सीमापारी लेनदेनको सुविधाको लागी भारतको राष्ट्रिय भुक्तानी निगमद्वारा विकसित एक रियल–टाइम भुक्तानी प्रणाली हो । 


यस साझेदारीले प्रत्येक वर्ष स्वास्थ्य, शिक्षा र व्यापार सेवा भुक्तानीको लागि सीमापारी यात्रा गर्ने लाखौं नेपाली र भारतीयहरुलाई दुबै देशका पसल र व्यापारी पसलहरूमा यूपीआई आधारित मोबाइल अनुप्रयोगहरू प्रयोग गरेर निर्बाध रूपमा आफ्नो खरिदको भुक्तानी गर्न सक्षम बनाउने बैंकले जनाएको छ ।

त्यसैगरी, नबिल यूपीआई क्यूआरसँग सम्बद्ध र सक्षम भएका व्यापारीहरूले फोनपे, गुगल पे, र पेटीएम लगायत यूपीआई आधारित मोबाइल एपहरू प्रयोग गरेर भारतीय पर्यटकहरूबाट भुक्तानी स्वीकार गर्न सक्नेछन् ।


Author

थप समाचार
x