सुशासन

सवइन्जिनियर डेढ लाख घूससहित अख्तियारको फन्दामा

इकागज |
पुस २२, २०७७ बुधबार १८:९ बजे

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत सवइन्जिनियर सुरेन्द्र अधिकारीलाई डेढ लाख रुपैयाँ घूससहित नियन्त्रणमा लिएको छ । 

प्राधिकरण मातहत तनहुँ जिल्लाको भानु नगरपालिकामा आयोजना कार्यान्वयन इकाईमा कार्यरत सवइन्जिनियर अधिकारी पक्राउ परेका हुन् । आयोगका अनुसार, ती सवइन्जिनियरले कार्यक्षेत्रभित्र विद्यालयको भौतिक संरचना निर्माणमा रकम निकासा दिलाइदिए वापत अतिरिक्त रकम मागेका हुन् ।


सेवाग्राहीबाट लिएको १ लाख ५० हजार रुपैयाँ घूस लिइसकेको अवस्थामा अख्तियारको फन्दामा परेका हुन् । उनलाई तनहुँको भानु नगरपालिका-२ बाट अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । आयोगले त्यससम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
 


Author

थप समाचार
x