सुशासन

भ्रष्टाचार अवधारणा सूचकाङ्क बिहीबार सार्वजनिक हुँदै

इकागज |
माघ १४, २०७७ बुधबार ९:३९ बजे

काठमाडौँ : ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई)ले भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) बिहीबार सार्वजनिक गर्दैछ । काठमाडौँमा पत्रकार सम्मेलन गरी ट्रान्सपरेन्सी इन्टरनेशनलले सीपीआई सार्वजनिक गर्न लागेको हो ।

भ्रष्टाचारको मात्रा मापन गर्ने प्रमुख सर्वेक्षणको रुपमा विश्वभरी नै सीपीआईलाई लिने गरिन्छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले हरेक वर्ष नेपाल सहित विश्वका अधिका‌श‌‌‌‌‌ देशको भ्रष्टाचारबारेको अवधारणा सूचकाङ्कमार्फत सार्वजनिक गर्दै आएको छ । 


गएको बर्ष टीआईले सार्वजनिक गरेको सीपीआईमा नेपाल ११३ औँ स्थानमा छ । नेपालमा सबैभन्दा धेरै भ्रष्टाचार राजनीतिक एवं नीति निर्माण तहबाट भइरहेको प्रतिवेदन ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेपछि त्यसलाई नेपाल सरकारले अस्वीकार गरेको थियो ।

नोट : भोलि हुनुपर्नेमा आज भएकाले सच्याइएको छ- सम्पादक


Author

थप समाचार
x