अदालत

उच्च ओहदाका व्यक्ति नै अपराधमा

लक्ष्मी भण्डारी |
असार ५, २०७९ आइतवार १८:४७ बजे

सुर्खेत– उच्च अदालत सुर्खेतमा सबैभन्दा बढी यौनजन्य अपराधका मुद्दाहरु बढिरहेको अदालतले जनाएको छ । ११ महिनाको अवधिमा सात सय ४१ मुद्दा दर्ता हुँदा झण्डै दुई सयको हाराहारीमा यौनजन्य अपराधका मुद्दा दर्ता भएको उच्च अदालत सुर्खेतका कायममुकायम मुख्य न्यायाधीश शेषराज शिवाकोटीले बताए । 

‘अहिले कर्णालीमा अन्य मुद्दाका तुलनामा यौन जन्य हिंसाका मुद्दाहरु बढिरहेको छ’ शिवाकोटीले भने, ‘फौजदारी मुद्दाहरु मध्ये पनि यौनजन्य अपराधका घटना बढिरहेका छन् ।’ उनले ठूला तथा उच्च पदमा आसिन व्यक्तिहरुबाट पनि यस्ता खालका घटनाहरु भएको पाइएको बताए । ‘अहिले ठूला उच्च व्यक्तिहरु मन्त्री, सांसद तथा उच्च तहका कर्मचारीहरुबाटै पनि यौनजन्य हिंसाका घटना अदालतमा दर्ता भएका छन्’ मुख्य न्यायाधीश शिवाकोटीले भने, ‘पछिल्ला समयमा यस्ता उच्च ओहदाका व्यक्तिबाट यौनजन्य हिंसा भएको मुद्दा दर्ता भएका छन् ।’


यस्ता घटनाका पीडकलाई कारवाहीको दायरा बढाउँदा पनि अपराधको संख्यामा कमी नआएको उनको भनाइ छ । ‘अपराध शास्त्रका मान्यता अनुसार कारवाहीको दायरा बढेपछि अपराधका घटनामा कमी आउनुपर्ने हो तर, यसमा कमी आउन सकेन’ उनले भने, ‘पछिल्लो समय यस्ता अपराधहरु भ्mन् बढ्दै जान थालेको देखियो।’

लक्ष्य भन्दा बढी मुद्दा फछर्याेट

उच्च अदालतले जेठ मसान्तसम्म ६ सय ७५ थान मुद्दा फछर्याेट गरेको छ । एक वर्षको अवधिमा पाँचसय ६१ थान मुद्दा पछर्याेट गर्ने लक्ष्य राखेकोमा लक्ष्यभन्दा एक सय १ सय १४ थान बढी मुद्दा फछ्र्याेट भएको उच्च अदालतले जनाएको छ । गत आर्थिक वर्षमा फछर्याेट हुन बाँकी रहेका दुई सय ६५ थान र यस आर्थिक वर्षमा दर्ता भएका सात सय ४१ गरी एक हजार ६ थान मुद्दा रहेका थिए । जसमध्ये ६ सय ७५ फछर्याेट भएका छन् । अदातका श्रेष्तेदार अर्जुनप्रसाद कोइरालाका अनुसार ११ महिनाको अवधिमा ६७.१० प्रतिशत मुद्दा फछ्यौट भएको छ । अदालतमा दुई वर्ष नाघेका मुद्दा नरहेको कोइरालाले बताए ।

अदालतमा ६ महिनाभित्रका दुई सय २५ थान, ६ महिना नाघेका ९० र १२ महिना नाघेका ६ सय १८ थान मुद्दा रहेको रजिष्टार कोइरालालाले बताए । ‘गत वर्षको तुलनामा यस वर्ष पुनरावेदनको दर्ता संख्या तुलनात्मक रुपमा निकै भएतापनि फछ्यौट दर बढिरहेकाले पुराना मुद्दा  बाँकी नरहेका हुन्’ रजिष्टार कोइरालाले भने, ‘टिममा बसेर काम गर्दा छिटो छरितो हुन गएको हो ।’


Author

थप समाचार
x