अदालत

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेका शिक्षकमाथि आरोपपत्र दायर

इकागज |
असार ८, २०७९ बुधवार १७:५१ बजे

काठमाडौं–  अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियाेगमा शिक्षकमाथि मुद्दा दायर गरेको छ । नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय अर्घाखाँचीमा कार्यरत हुमलाल पौडेलविरुद्ध आयाेगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

पौडेलले गोरखपुर विश्वविद्यालय भारतबाट प्राप्त गरेको भनी प्रमाणपत्र पेश गरेका थिए । उनले शैक्षिक योग्यताको प्रमाणपत्र भारतबाट नक्कली बनाई ल्याएको भन्ने उजुरी परेको थियो । सोबारे अनुसन्धान हुँदा झुट्टा प्रमाणपत्र पेश गरेको प्रमाणित भएको हो । 


उनलाई भ्रष्टाचार ऐनअनुसार सजाय हुन माग दावीसहित आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ ।
 


Author

थप समाचार
x